जनता क्याम्पसको चुनावको यस्तो आयो अन्तिम परिणाम

Newslaya Home

जनता क्याम्पसको चुनावको यस्तो आयो अन्तिम परिणाम

मङ्गलबार १४, साउन २०७६

इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसको सञ्चालक समीतीमा स्वतन्त्र उम्मेदवार यज्ञबहादुर कटुवाल सहित संयुक्त प्यानलका १२ जना निर्वाचित भएका छन् ।

अन्तिम निर्वाचित परिणाम अनुसार सञ्चालक समीती सदस्यहरुमा पूर्व सांसद रेवती भण्डारीदेखि विद्यार्थी संगठनका नेताहरु निर्वाचित भएका छन् ।

जसमा यज्ञ बहादुर कटवाल–२४२, रेवती रमन भण्डारी–३२३, शिवराज दाहाल–३१४, देभु निरौला–३३६, बिकाश के.सि.–३००, ज्योती कोईराला–३३१, तिर्थराज पराजुली–३४८, प्रमोद भट्टराई–२९८, युग पृय निरौला–३४२, आकाश सुब्बा–३३१, सागर सुवेदी–३४३, इस्वर भट्टराई–३३६ र रेवती घिमिरे–२९१ मत ल्याएर विजयी भएका छन् ।

यता इटहरी–४ मा वडाध्यक्ष समेत रहका चन्द्र भट्टराई र स्वतन्त्र उम्मेदवार हेमसागर तिम्सीना भने पराजित भएका छन् ।