गूगल क्रोम ७६ सार्वजनिक हुँदै, यस्ता छन् बिषेशता

Newslaya Home

गूगल क्रोम ७६ सार्वजनिक हुँदै, यस्ता छन् बिषेशता

सोमबार १३, साउन २०७६

काठमाडौं । गूगलले आफ्नो क्रोम ब्राउजरलाई अप्ग्रेड गरेर क्रोम ७६ ल्याउने भएको छ ।

यस अप्डेटका साथ क्रोम प्रयोगकर्ताहरूको निजता पहिलेभन्दा थप राम्रो बनाइने गूगलले जनाएको छ । यो अप्डेटेड भर्जन मंगलवार सार्वजनीक हुँदैछ ।

नयाँ ब्राउजरमा अब सबै साइटहरूका लागि एडोब फ्ल्याशलाई बाइ डिफल्ट डिसेबल राखिने छ । प्रयोगकर्ताहरूले यसलाई इनेबल गर्न सक्छन् तर फ्ल्याशको प्रयोग उनीहरूले क्लिक टु प्ले मोडमा मात्र गर्न सकने छन् । यसका साथै क्रोम प्रयोगकर्ताहरूलाई एक वार्निङ नोटिफिकेसन दिइनेछ । नोटिफिकेसनमा डिसेम्बर २०२० पछि क्रोमले फ्ल्याश प्लेयरलाई सपोर्ट नगर्ने बताइनेछ ।

कुनै वेबसाइटले फाइल सिस्टम एपीआई रिक्वेस्ट पठाएर प्रयोगकर्ताहरूको इन्कग्निटो मोड डिटेक्ट गर्ने गर्थे । केही वेबसाइटले यही ट्रिक लगाएर इन्कग्निटो मोडमा बस्ने प्रयोगकर्तालाई ब्लक गरिदिन्थे किनकि यसमार्फत प्रयोगकर्ताहरूले वेबमा रहेको पेवाललाई बाइपास गरिदिन्थे । नयाँ क्रोमले यो समस्यालाई हटाउनेछ ।

सामान्यतया कुनै साइट भिजिट गर्दा एस्केप आवश्यक हुँदैन । भूलवश कुनै प्रयोगकर्ता खतरनाक वेबसाइट पुगेछ भने उसलाई त्यहाँबाट बाहिर आउनका लागि एस्केप आवश्यक हुन्छ ।

त्यस्तो अवस्था आउँदा एस्केप कीको सहायताले प्रयोगकर्ताहरू साइटलाई लोड हुन दिँदैनन् । क्रोम ७६ मा यसलाई सुधारिएको छ र प्रयोगकर्ताहरूलाई यस्ता साइटले अब समस्या दिन सक्दैनन् ।