बन्यो सामसुङको फोल्डिङ मोबाइल, अब चाढै बजारमा आउने

Newslaya Home

बन्यो सामसुङको फोल्डिङ मोबाइल, अब चाढै बजारमा आउने

शुक्रबार १०, साउन २०७६

काठमाडौं । सामसुङको पहिलो फोल्डिङ स्मार्टफोन तयार भएको छ । सामासुङ कम्पनीले उक्त स्मार्टफोन तयार भएको घोषणा गर्दै दुई महिनाभित्र बजारमा आउने बताएको छ ।

यसअघि नै लन्च गर्ने भनिएको उक्त सेटको स्क्रिनमा खराबी देखिएपछि सार्वजनिक हुने मिति पछि सारीएको थियो । सामसुङले स्क्रिनमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । प्रतिस्पर्धीभन्दा अगावै फोल्डिङ फोन बजारमा ल्याइसक्ने कम्पनीको लक्ष्य छ ।

उक्त सेटको मूल्य दुई लाख रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ । विश्वकै दोस्रो ठूलो स्मार्टफोन बिक्रेता चिनियाँ कम्पनी हुवावेले पनि सेप्टेम्बरमै फोल्डिङ फोन ल्याउने तयारी गरिरहेको बताइएको छ ।