हरेक बैंकमा एटिएम जस्तै पैसा जम्मा गर्ने मेशिन अनिवार्य

Newslaya Home

हरेक बैंकमा एटिएम जस्तै पैसा जम्मा गर्ने मेशिन अनिवार्य

बुधबार ०८, साउन २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थाहरुमा एटिएम मेसिन जस्तै पैसा जम्मा गर्ने मेसिन समेत राख्नै पर्ने नीति लिएको छ ।

यस्तो नीति अनुसार अहिले पैसा निकाल्नको लागि राखिएको एटिएम मेसिन जस्तै मेसिनमा पैसा जम्मा (क्यास डिपोजिट) गर्न सकिनेछ । यसले गर्दा बैंकको काउन्टरसम्म धाउनुपर्ने समस्या समाधान हुनेछ ।

अहिले पनि यस्तो प्रविधि राष्ट्रिय वाणिज्य बैंकले प्रयोग गर्दै आएको छ ।