चट्याङ लागेर बुढीगंगामा एक जनाको मृत्यु

Newslaya Home

चट्याङ लागेर बुढीगंगामा एक जनाको मृत्यु

मङ्गलबार ०७, साउन २०७६

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेको अबस्थमा बुढीगंगा गाउँपालिका–७ का रामेश्वर विश्वासको ज्यान गएको हो ।

बुढीगंगा–७ पर्सावानीका ३० बर्षीय बिश्वास आफ्नै खेतमा काम गरिरहेको अबस्थामा अचानक चट्याङ लागेर ज्यान गएको हो ।

उनको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । उनको शवको आबश्यक कानुनी प्रक्रिया पुरा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।