अफगानिस्तानमा भएको हवाइ आक्रमणमा कमाण्डरसहित तीन जना मारिए

Newslaya Home

अफगानिस्तानमा भएको हवाइ आक्रमणमा कमाण्डरसहित तीन जना मारिए

मङ्गलबार ०७, साउन २०७६

अफगानिस्तान । अफगानिस्तानको हेलमाण्ड प्रान्तमा तालिबान लडाकू समूह लुकेर बसेको इलाकामा गरिएको हवाइ आक्रमणमा कमाण्डरसहित तीन तालिबान लडाकू मारिएको जनाइएको छ ।

अफगान सेनाले मङ्गलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ । जारी विज्ञप्तिका हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ ।

अशान्त अवस्थामा रहने हेलमाण्ड प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुर्नै टिप्पणी गरेका छैनन् ।