एक हप्तादेखि ठप्प ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

Newslaya Home

एक हप्तादेखि ठप्प ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

मङ्गलबार ०७, साउन २०७६

काठमाण्डौ । ढुवानी व्यवसायी र सरकारबीचमा सहमति भएपछि सात दिनदेखि ठप्प रहेको ढुवानी सूचारु हुने भएको छ । नयाँ आर्थिक वर्षदेखि ढुवानी व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने नियम ल्याएपछि व्यवसायीहरु आन्दोलित भएका थिए ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव सहितको टोलि र ढुवानी व्यवसायीबीच भएको छलफलमा कार्यदल बनाउने विषयमा सहमती भएको हो ।

छलफलमा गृह सचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष तथा ढुवानी व्यवसायी महासंघ नेपालका प्रतिनिधी सहितको टोलि सहभागि भएको थियो ।