आईसीसी टी–२० विश्वकप छनोटः कतारसँग नेपाल ४ विकेटले पराजित

Newslaya Home

आईसीसी टी–२० विश्वकप छनोटः कतारसँग नेपाल ४ विकेटले पराजित

मङ्गलबार ०७, साउन २०७६

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ ।

आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो । १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका सोमपाल कामीले पहिलो ओभरमै १३ रन खर्चेका थिए । दोस्रो ओभरको पहिलो बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिए । उनले फैसाल जावेदलाई १ रनको स्कोरमै सोमपालको हातबाट क्याच आउट गराएका थिए ।

१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए ।