प्रदेश एकमा घुस लिनेलाई एक घण्टामै कारबाही हुने

Newslaya Home

प्रदेश एकमा घुस लिनेलाई एक घण्टामै कारबाही हुने

सोमबार ०६, साउन २०७६

मोरङ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले घुसलिएको बारे थाहा पाए एक घण्टामै कारबाही हुने बताएका छन् ।

मन्त्री राईले कर्मचारीहरुलाई सुशासन स्थापना गर्न निर्देशन दिँदै भ्रष्टाचार गर्ने तथा प्रदेशलाई बदनाम गराउने काम संलग्न कसैलाई नछाड्ने चेतावनी समेत दिएका छन् ।

प्रदेश सरकारले केही थाहा पाउँदैन भनेर जे मन लाग्यो त्यही नगर्न उनले कर्मचारीलाई सचेत गराए ।

मुख्यमन्त्री राईले आफू इमानको जगमा उभिएर नेतृत्व गर्ने बताउँदै अब आक्रामक रुपमा अगाडि बढ्ने पनि दाबीसमेत गरेका छन् ।


उनले कार्यालय प्रमुखहरु घुससहित समातिनु लज्जास्पद भन्दै त्यसले प्रदेशको इज्जतमा धब्बा लागेको पनि बताएका छन् ।