चीनको ग्यास उद्योगमा विस्फोट, १० जनाको मृत्यु

Newslaya Home

चीनको ग्यास उद्योगमा विस्फोट, १० जनाको मृत्यु

शनिबार ०४, साउन २०७६

काठमाण्डौ । चीनको एउटा ग्यास उद्योगमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।

शुक्रबार बेलुका भएको घटनामा परी अन्य १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कविहीन रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

इमा शहरमा रहेको हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन् ।