साउन महिनामा माछामासु नखाएको राम्रो, यस्तो छ कारण

Newslaya Home

साउन महिनामा माछामासु नखाएको राम्रो, यस्तो छ कारण

शनिबार ०४, साउन २०७६

साउन महिना, हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ । यो बोलबमको महिना हो । साउनलाई भगवान शिवको आरधानाको महिनाको रुपमा पनि लिइन्छ । साउनको सोमबार शिवको पुजा गर्ने, बोलबम जाने चलन छ ।

साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख समृद्धि मिल्ने धार्मिक मान्यता छ ।

साउनमा व्रत एवं उपवास बस्ने भनेको भगवानलाई खुसी तुल्याउनका लागि मात्र होइन । विज्ञानको कुरा अर्कै छ ।

भनिन्छ, वर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्छ । यस्तो अवस्थामा खानपानप्रति सर्तक हुनैपर्छ ।

मासुजन्य परिकारमा संक्रमणको बढी संभावना हुन्छ । माछामासुमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यही कारण यसबेला माछामासु त्यती हितकर मानिदैन ।

वर्षायाम भनेको धेरै जसो पानीमा पाइने जीवहरुको प्रजननको महिना हो । पहिलेको जमानामा माछालाई व्यावसायीक रुपमा छुट्टै पोखरीमा पाल्ने र खानको लागि प्रयोग गर्ने चलन थिएन ।

प्राकृतिक नदीहरु र खोलामा पाइने सिमित माछाहरु प्रजनन महिनामा खाइदिएमा अर्को वर्ष माछाको सङ्ख्या घट्ने वा लोप नै हुने डर हुन्थ्यो । त्यसैले माछामासु खानमा नियन्त्रण गरिएको हुनुपर्छ ।

यसबेला सात्विक भोजन एवं हल्का, सुपाच्य खानेकुरा खानुपर्ने प्रचलन छ । यतिबेला उपवास बस्ने चलन पनि छ । यसले पनि पाचन यन्त्रलाई राहात दिन्छ । साउनमा खीर लगायत दुधजन्य परिकार खाने गरिन्छ ।