एक सातापछि खुल्यो खुर्कोट–घुर्मी सडक

Newslaya Home

एक सातापछि खुल्यो खुर्कोट–घुर्मी सडक

शनिबार ०४, साउन २०७६

सोलुखुम्बु । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ ।

गत असार २६ गते रातिदेखि पहिरोका कारण पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो । करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि अवगमन ठप्प बनेको थियो ।

सवारी अवागमन सुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ। सवारी अवगमन सुचारु भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिमयुक्त भएकाले अझै पनि राम्रो गरि मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका ६ का वडा अध्यक्ष फुर्तिमान तामाङले बताए ।

यता शिद्धिचरण लोकमार्ग भने केही दिन सञ्चालनमा आउन समय लाग्ने बताइएको छ। सडक खण्डको ठाँटी लगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए ।