२०७६ साउन ४ गते शनिवारको राशिफल

Newslaya Home

२०७६ साउन ४ गते शनिवारको राशिफल

शनिबार ०४, साउन २०७६

मेष । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

बृष । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

मिथुन । भाग्योदय हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कर्कट । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले सताउन सक्छ ।

सिंह । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

कन्या । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।

तुला । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

बृश्चिक । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

धनु । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मकर । यात्राका विशेष अवसर मिल्नेछन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । धनार्जनपनि हुनेछ ।

कुम्भ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ ।

मीन । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटावका रहनेछ ।