२०७६ साउन ०३ गते शुक्रबारको राशिफल

Newslaya Home

२०७६ साउन ०३ गते शुक्रबारको राशिफल

शुक्रबार ०३, साउन २०७६

मेष । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृष । प्रेममा सफलता पाइनेछ । अतिथिको रूपमा सत्कार पाइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको धन पाइएला ।

मिथुन । सामान हराउने वा चोरी हुने भयछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

कर्कट । पदोन्नतीको सम्भावना प्रवलछ । नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । परिवारिक सद्भाव बढ्नेछ ।

सिंह । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कन्या । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अचल सम्पत्ति हात पर्ने योगछ । आर्थिक वृद्धि हुनेछ ।

तुला । सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउला । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुव्ने भयछ ।

वृश्चिक । आफन्त संग भेट घाट हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

धनु । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मकर । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् ।

कुम्भ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

मीन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।