बिहे भएको दुई वर्षमा क्यान्सर र छालाको गम्भीर रोग, अस्पतालबाट लेखिन्, ‘हिम्मत हारेको छैन’

Newslaya Home

बिहे भएको दुई वर्षमा क्यान्सर र छालाको गम्भीर रोग, अस्पतालबाट लेखिन्, ‘हिम्मत हारेको छैन’

बिहीबार ०२, साउन २०७६

इटहरी । गम्भीर बिरामीका कारण अस्पतालमा उपचाररत राधिकाले भावुक स्टाटस लेखेकी छिन् ।
क्यान्सरको उपचार भइरहेकै समयमा स्ट्रभेन्स जोन्सन सिन्ड्रोम नामक रोगले समातेपछि उनमा झन् पीडा थपिएको छ ।

उनीसँगै उनको परिवार पनि अहिले पीडामा छ । २७ वर्षिया राधिकाको बिहे भएको दुई वर्ष मात्र भएको थियो । उनले आफ्नो नयाँ वैवाहिक जीवनको विषयमा देखेका सपनाहरु तुहिएको स्टाटसमा लेखेकी छिन् ।
उनले लेखेकी छिन्, ‘आफ्ना साना साना रहर इच्छा र सानू संसार सजाउने सपना बोकेर दुई पाइला चालेकी मैले संसार जित्न अगाडी बढेको यी मेरा कदम बिचैमा रोकिनु परो सायद समयको खेल या आफ्नु भाग्य लाई दोष दिउ थाहा छैन तर हिम्मत भने हारेको छैन ।’

उनका श्रीमान युएइमा कामको सिलसिलामा गएका छन् । उनी नेपाल आएर श्रीमतीको हेरचाह गर्न सक्दैनन् । ‘म यहाँ बसेँ भने कसरी उपचार खर्च जुटाउन सक्छु, काम गर्नुपर्छ भन्नुहुन्छ,’ उनका श्रीमान अर्जुन भट्टराईलाई उधृत गर्दै राधिकाका दाई निराजन रिजालले भने ।

अहिले राधिकाको सहयोगका लागि निराजनले सहयोगको अपिल गरेका छन् । देश तथा विदेशबाट सानो सानो रकम भएपनि सहयोग आइरहेको उनले जानकारी दिए । ‘पारीवारिक अवस्था गाह्रो छ, त्यसैले सबैसँग सहयोगको अपेक्षा छ,’ उनले भने ।