धनगढीमा बम विस्फोट, पाँचजना घाइते

Newslaya Home

धनगढीमा बम विस्फोट, पाँचजना घाइते

बिहीबार ०२, साउन २०७६

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ शहीद गेटमा भएको बम विष्फोटमा परि पाँचजना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी-५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी-४, बोराडाडीका केशवराज पाण्डे रहेका छन् ।

विस्फोट स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् ।

प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

साथै घटनास्थलबाट ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।