हेलिकप्टर र बुई चढेर नेताहरु बाढी अनुगमनमा

Newslaya Home

हेलिकप्टर र बुई चढेर नेताहरु बाढी अनुगमनमा

बिहीबार ०२, साउन २०७६

जनकपुर। राजनीतिक दलका नेताहरु तराईमा आएको वाढी पहिरो हेर्र्न कोही हेलिकप्टर चढेर आउँछन् त कोही मान्छेको बुईमा चढेर ।

बुधवार स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहित केही व्यक्तिले हेलिकोप्टरवाटै बाढी अवलोकन गरेर फर्किएका थिए ।

त्यस्तै राष्ट्रिय सभा सांसद सुमन प्याकुरेलले एकजनाको बुई चढेर घुमेको तस्विर सार्वजनिक भएपछि व्यापक टिकाटिप्पणी शुरु भएको छ । पाइन्ट, जुत्ता र कोट लगाएका प्याकुरेल कसैको काँधमा चढेर हिँडेका देखिन्छ ।

पीडित जनताले राहत अनुभव नगरेपछि नेताहरुको उक्त भ्रमणको विषयको भने सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।

तर सांसद प्याकुरेलले भने उक्त विषयमा फरक धारण राखेका छन् । ‘कुरा त्यस्तो होइन । मलाई प्रेसर छ । त्यही भएर ती भाइले मलाई बोक्न चाहनु भयो ।’ उनले भने ।