साउन ७ देखि सरकारी गाडी गुड्न नदिने विप्लवको चेतावनी

Newslaya Home

साउन ७ देखि सरकारी गाडी गुड्न नदिने विप्लवको चेतावनी

बिहीबार ०२, साउन २०७६

काठमाडौ‌ं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले साउन ७ गतेदेखि सरकारी गाडीहरु गुड्न नदिने विज्ञाप्ती मार्फत घोषणा गरेको छ।

सरकारले वार्ताको हल्ला चलाएर भ्रम छर्ने र दमनको तयारी गर्ने काम गरेकोले साउन ७ गतेदेखि सरकारी गाडीहरु गुड्न नदिने विज्ञप्तिमा उल्लेख रहेको छ।

विप्लव समूहका मध्य पश्चिम कमान्ड इन्चार्ज विरजङले विज्ञप्ति जारी गर्दै त्यस्तो घोषणा गरेका हुन्।