जापानको एनिमेसन स्टुडियोमा शंकास्पद आक्रमण हुँदा कम्तिमा १० जनाको मृत्यु

Newslaya Home

जापानको एनिमेसन स्टुडियोमा शंकास्पद आक्रमण हुँदा कम्तिमा १० जनाको मृत्यु

बिहीबार ०२, साउन २०७६

काठमाण्डौ । जापानको क्योटोस्थित एनिमेसन स्टुडियोमा भएको शंकास्पद आक्रमणमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ ।

एक जना मानिसले विहीबार बिहान क्योटो एनिमेसन स्टुडियोमा छिरेर अज्ञात तरल पदार्थ छर्केर आगो सल्काएको स्थानीय मिडियाले जनाएका छन् ।

सो घटनाबाट दर्जनौ मानिस घाइते भएका छन् । शंकास्पद आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । तीन तले सो भवनमा उद्धारको कार्य जारी रहेको जनाइएको छ । सो क्षेत्रका नजिकका मानिसले श्रृंखलाबद्ध विस्फोटको घटना समेत सुनेको बताएका थिए ।