कङ्गोमा इबोलाको महामारी : ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

Newslaya Home

कङ्गोमा इबोलाको महामारी : ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा

बिहीबार ०२, साउन २०७६

बिबिसि । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला महामारी फैलिएपछी विश्व स्वास्थ्य सङ्गठनले त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै ‘विश्व स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ ।

उक्त घोषणासँगै समृद्ध राष्ट्रहरूले इबोलासँगको सङ्घर्षमा थप आर्थिक सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण हालसम्म १६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

यसै हप्ता १० लाखभन्दा बढी जनसङ्ख्या रहेको गोमा सहरमा इबोलासम्बन्धी घटनाहरू सार्वजनिक भएपछि थप सतर्कता अपनाइएको बताइएको छ ।