मृत जोडीले तुलसीको मठ छेउ हात समाते !

Newslaya Home

मृत जोडीले तुलसीको मठ छेउ हात समाते !

- रोजिना खतिवडा
बुधबार ०१, साउन २०७६

इटहरी । धेरै जोडीले सँगै जिउने सँगै मर्ने कसम खाएका हुन्छन् । तर थोरैको मात्र कसम पुरा हुन्छ । इटहरी वडा नं. १३ मा एक वृद्ध दम्पत्तीको एउटै समयमा ज्यान गएको छ । उनीहरुलाई पछि एउटै चितामा राखेर जलाइयो ।

मंगलबार राति एक वृद्ध जोडीको एकैपटक मृत्युभएको छ । यस्तो घटना निकै दुर्लभ मानिन्छ ।

इटहरी १३ स्थित गणेशमार्ग टोलमा बस्ने ७८ वर्षीया नरमदादेवी भट्टराईको मंगलबार ७ः४५ बजे मृत्यु भयो । उनी केही दिनयता बिरामी थिइन् । उनलाई एक साताअघि मात्र बिराटनगरको नोबेल अस्पतालका चिकित्सकले उपचार नहुने भनेर घरै लान सुझाव दिएको बुहारी सीताले जानकारी दिइन् ।

तर, उनका ८८ वर्षीया श्रीमान् टिकाप्रसाद भट्टराई भने निरोगी थिए । उनलाई कुनै रोग लागेको थिएन । श्रीमती बितेपछि उनी आफ्ना सन्तानलाई नरुन सम्झाइरहेका थिए । तर लगत्तै उनी बिरामी भए । ब्लडप्रेसर निकै कम भयो । तत्कालै उनलाई विराटनगरस्थित नोबेल अस्पताल लगियो । अस्पतालले उनको मृत्यु भएको घोषणा गरिदियो ।

छिमेकीहरुका अनुसार शव वहान भेट्न ढिला भएको कारण उनलाई राति १ बजे मात्र घर ल्याइएको थियो ।

श्रीमान श्रीमतीको सँगै मृत्यु भएपछि सबै अचम्मित बनेका थिए भने घर परिवार झन् शोकमा डुबेका थिए ।

पछि जब दुवैको शवलाई हिन्दू परम्पराअनुसार तुलसीको मोठ नजिक राखियो, तब एकछिनमा वरीपरी बसेर हेरिरहनेहरु छक्क पर्ने घटना भयो ।

दुवैले एक अर्काको हात समातेको देखिएको स्थानीयले बताए । नर्मदाले टिकाको हात समातेको पाइएको प्रत्यक्षदर्शीहरुले बताए । त्यो देखेर कतिले चाहिँ मृत शरीर राख्दा संयोगवश जोडिएको भनेका थिए ।

मृतक जोडीका चार छोरा र दुई छोरी गरी ६ सन्तान छन् । उनीहरु कान्छा छोरा राजन प्रसाद र कान्छी बुहारी सितासंग बस्दै आएका थिए ।

2 प्रतिकृयाहरू प्राप्त
  • Raju khadkaलेख्नुहुन्छ
  • |
  • बिहीबार ०२, साउन २०७६ ११:४२
Sab bahan vetna dhila vayara ghar dhilo lyako vanney manxey ko hun ? Bastabikta nabuji j pae tyai hawa ko bhar ma nalekhum
  • Jyoti Bhattaraiलेख्नुहुन्छ
  • |
  • शुक्रबार ०३, साउन २०७६ ०८:२०
बास्तबिकता बुझेर लेख्नु पर्थ्यो कसले भन्यो ambulance पाउन ढिलो भयो भनेर ?