बिहे गरेको एक घण्टामा नै जन्मियो बच्चा !

Newslaya Home

बिहे गरेको एक घण्टामा नै जन्मियो बच्चा !

बुधबार ०१, साउन २०७६

काठमाडौँ । अमेरिकमा एक जोडीले विवाह गरेको एकै घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए ।

अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए । त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् र छोरीलाई जन्म दिइन् ।

जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।