इरानमा बस दुर्घटना, तीन शिशुसहित १३ जनाको मृत्यु

Newslaya Home

इरानमा बस दुर्घटना, तीन शिशुसहित १३ जनाको मृत्यु

बुधबार ०१, साउन २०७६

तेहरान । इरानको मध्य क्षेत्रमा मङ्गलबार सडक दुर्घटना हुँदा कम्तीमा तीन शिशुसहित १३ इरानीको मृत्यु भएको जनाइएको छ ।

सन् १९७० ताका बनेको मर्सेडिज बेन्ज कम्पनीको मिनीबस आइसाफान प्रान्तको ओरालो सडकमा गुडिरहेका समय चिप्लिएर खोल्सामा खसेको र घटनामा गाडीमा रहेका तीन शिशुसहित १३ जनाको मृत्यु भएको खान्सार शहरका प्रशासक मन्सूर कामालीले बताए ।

इरानी सडकहरूको सामान्य राम्रो अवस्थाका वाबजूद पनि सडक दुर्घटनामा धेरै नागरिक गुमाउने मुलुकहरूको सूचीमा पर्छ इरान । इरानमा हुने सडक दुर्घटनामा पूराना गाडीको प्रयोग तथा दुरावस्थामा रहेका गाडी र चालकको लापर्बाही नै मुख्यरूपमा जिम्मेवार रहने गरेको बताइन्छ ।