२०७६ साउन ०१ गते बुधबारको राशिफल

Newslaya Home

२०७६ साउन ०१ गते बुधबारको राशिफल

बुधबार ०१, साउन २०७६

मेष । मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

वृष । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

मिथुन । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । चोटपटक लाग्न सक्छ ।

कर्कट । रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारीक सुख रहला ।

सिंह । छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

कन्या । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

तुला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला ।

वृश्चिक । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्योदय हुनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

धनु । कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

कुम्भ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।

मीन । लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको थालनी होला ।