क्रिस गेललाई अष्ट्रेलीयाका तीन पत्रिकाले क्षतीपुर्ती तिर्नुपर्ने

Newslaya Home

क्रिस गेललाई अष्ट्रेलीयाका तीन पत्रिकाले क्षतीपुर्ती तिर्नुपर्ने

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलले तीन लाख अष्ट्रेलियन डलर क्षतिपुर्ती पाउने भएक ाछन् ।

गेलले दायर गरेको मानहानी मुद्दामा साउथ वेल्सको सर्वोच्च अदालतले अष्ट्रेलियाका सिड्नी मर्निङ हेराल्ड, द एज र क्यान्बर टाइम्सले गेललाई तीन लाख अष्ट्रेलियन डलर तिर्नु पर्ने फैसला सुनाएको हो ।

तर ती पत्रिकाहरुले फेरि क्षतिपूर्ति नतिर्ने भनी पुनरावेदन गरेका थिए । तर उनीहरुको पुनरावेदन खारेज भएको हो ।

सन् २०१५ मा मसाज सेन्टरमा एक महिलाको अगाडि नाङ्गै बसेको भन्दै ती पत्रिकाहरुले समाचार प्रकाशित गरेका थिए । तर गेलले यो समाचार झुटो भएको भन्दै अदालतमा मुद्दा हालेका थिए ।