वडा सचिव मदिरामा लठ्ठ, सेवाग्राहीले लगाए प्रहरीको जिम्मा 

Newslaya Home

वडा सचिव मदिरामा लठ्ठ, सेवाग्राहीले लगाए प्रहरीको जिम्मा 

मङ्गलबार ३१, असार २०७६

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका वडा सचिव ईश्वर सिंह बोहरा कार्यालयमा मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा भेटेपछि सेवाग्रहीले प्रहरीको जिम्मा लगाएका छन् ।

वडा कार्यालय भित्रै लठ्ठ अवस्थामा रहेका वडा सचिवले सेवाग्राहीलाई गाली गलौच गरेपछि प्रहरीकोमा बुझाएको सेवाग्राहीले बताएका छन् ।

कार्यालय समयमा मादक पदार्थ सेवन गरेका वडा सचिवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अहिलेसम्म कसैको उजुरी नआएको र उजुरी आएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिएका छन् ।