फेसुबकबाट ८० लाख रुपैयाँ ठगी गर्ने तीन युवक पक्राउ

Newslaya Home

फेसुबकबाट ८० लाख रुपैयाँ ठगी गर्ने तीन युवक पक्राउ

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत ८० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने तीन युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर घर भई काठमाडौं नयाँबजार बस्ने ३० वर्षीय आकिव जाबेद, क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरीको गौशला नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन रहेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो ।

उनीहरुले तारा ग्याजेट नामको फेसबुक पेज बनाएर विदेशबाट सस्तोमा ल्यापटप, मोबाइल, क्यामेरा, घडी लगायतका वस्तुहरु ल्याउने भन्दै विज्ञापन गरेर ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अपराध महाशाखाले जनाएको छ ।