बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

Newslaya Home

बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ७८ पुगेको छ । यसैगरी वर्षा र बाढीपहिरोमा परी ३२ जना हराइरहेको र ४० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

हालसम्म ३ हजार ३३६ जनाभन्दा बढीलाई उद्धार गरिएको पनि मन्त्रालयले ट्वीट मार्फत जानकारी गराएको हो ।

मन्त्रालयले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।