ओखलढुंगामा भीरबाट लडेर एक युवतीको मृत्यु

Newslaya Home

ओखलढुंगामा भीरबाट लडेर एक युवतीको मृत्यु

मङ्गलबार ३१, असार २०७६

ओखलढुंगा । चिसंखुगढी गाउँपालिका–६ भदौरेमा घाँस काट्न जाँदा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भदौरेको अन्तरेटोलकी १९ वर्षीया कविता मगर रहेकी
इन्स्पेक्टर राजीव श्रेष्ठले जानकारी दिए ।

लडेर मृत्यु भएको अवस्थामा कविताको शव फेला पारेको श्रेष्ठले बताए । मृतकको शव पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ ।

ओखलढुंगाका ग्रामीण भेगमा घाँस काट्ने क्रममा भीरबाट लडेर प्रत्येक वर्ष दर्जनौँको ज्यान जाने गरेको छ ।