ट्रयाक्टरमा चेपिएर इनरुवाका मेहेताको मृत्यु

Newslaya Home

ट्रयाक्टरमा चेपिएर इनरुवाका मेहेताको मृत्यु

मङ्गलबार ३१, असार २०७६

सुनसरी । इनरुवा–९ जमुवामा ट्रयाक्टरमा चेपिएर चन्दनकुमार मेहेताको मृत्यु भएको छ । मंगलबार बिहान को २ त ८३४० नम्बरको ट्रयाक्टर खेत जोत्ने क्रममा हिलोमा फसेको थियो।

ट्रयाक्टर निकाल्ने प्रयास गर्दा ट्रयाक्टरले चेपिएर स्थानीय २४ बर्षीय मेहेता गम्भीर घाईते भएका थिए।

घाईते मेहेतालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।