इटहरीबाट फरार अभियुक्त ‘गोरे’ पक्राउ

Newslaya Home

इटहरीबाट फरार अभियुक्त ‘गोरे’ पक्राउ

मङ्गलबार ३१, असार २०७६

इटहरी । ज्यान मार्ने अभियोगमा फरार इटहरीका अनिस सुवेदी ‘गोरे’ पक्राउ परेका छन् । गत चैत्र ४ गते इटहरी–१० का दोर्जे तामाङलाई खुकुरी प्रहार गरी फरार सुवेदी सहित अर्का सागर घिमिरे पक्राउ परेका हुन ।

तामाङलाई घरमै गएर दुवैजनाले खुकुरीले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । दुवैजना बिरुद्ध ज्यान मार्ने अभियोगमा मुद्धा दायर गरिएको थियो ।

प्रहरीले उनिहरुलाई खोजी गर्ने क्रममा इटहरीबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।