भावुक स्टाटस लेख्दै शिल्पालाई घर आउन छविको आग्रह

Newslaya Home

भावुक स्टाटस लेख्दै शिल्पालाई घर आउन छविको आग्रह

मङ्गलबार ३१, असार २०७६

काठमाण्डौ । निर्देशक छविराज ओझाले पत्नी शिल्पा पोखरेललाई आफ्नो घर आउन आग्रह गरेका छन् ।

आफू घरेलु हिंसामा परेको भन्दै शिल्पाले गत साता छविविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी थिइन्। सो क्रममा छविले माफी मागेका थिए भने शिल्पाले अब आफू अदालत जाने बताएकी थिइन्।

त्यसको केही दिनपछि शिल्पाले अदालतमा मुद्दा दर्ता गर्ने विषयमा वकिलसँग छलफल गरिरहेको चाल पाएपछि छविले फेसबुकमा उनको नाममा एउटा स्टाटस राखेका छन्।

उनले लेखेका छन् ‘यदि तपाईं मेरो बूढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि गान्धीवादी बनेर बस्न सक्छु।’

छविले शिल्पाका लागि आफ्नो घरको ढोका सधैँ खुला रहेको बताएका छन्। उनले लेखेका छन् ‘संसारको कुनै पनि अदालतमा जानु पर्दैन। छवि ओझाको अदालतमा सिधै आउनुस्, तपाईंले न्याय पाउनु हुन्छ।’