मुम्बईमा चारतले भवन भत्किँदा ४० जना पुरिएको आशंका

Newslaya Home

मुम्बईमा चारतले भवन भत्किँदा ४० जना पुरिएको आशंका

मङ्गलबार ३१, असार २०७६

मुम्बई । मुम्बईको डोंगरीमा लगातारको वर्षाका कारण चार तले भवन भत्किएको छ । भवन भत्किदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले भवनमा पुरिएकाहरुको राहत र उद्धार कार्य जारी रहेको बताएका छन् । भवनसम्म पुग्ने बाटो साँघुरो भएका कारण उद्धारमा कठिनाई उत्पन्न भएको बताइएको छ ।

साँघुरो गल्लीमा रहेको भवनको तल पसलहरु थिए भने माथि परिवारहरु बस्दै आएका थिए । स्थानीय बासिन्दाले उक्त भवनमा छ परिवार बस्दै आएको जानकारी दिएका छन् ।