काँकरभिट्टा भन्सारको विश्रामस्थलमा एक पुरुषको शव फेला

Newslaya Home

काँकरभिट्टा भन्सारको विश्रामस्थलमा एक पुरुषको शव फेला

मङ्गलबार ३१, असार २०७६

झापा । काँकरभिट्टा भन्सार कार्यालय नजिकैको विश्रामस्थलभित्र १ एकजना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत अवस्थामा फेला परेका व्यक्ति भारतीय नागरिक हुन सक्ने बताइएको छ। भन्सार परिसरमा मृत भेटिएका व्यक्तिको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।