उदयपुरमा खोलाले बगाएर एक बालकको मृत्यु

Newslaya Home

उदयपुरमा खोलाले बगाएर एक बालकको मृत्यु

मङ्गलबार ३१, असार २०७६

उदयपुर । उदयपुरमा स्थानीय खोलाले बगाएर एक जना बालकको मृत्यु भएको छ ।

सोमबार बेलुका स्थानीय छौडिया खोलाले बगाएर रौतामाई गाउँपालिका–७ मुर्कचीका १३ वर्षीय आर्यन तामाङको मृत्यु भएको हो ।

नदी किनारामा बालक मृतअवस्थामा फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय जलजलेलाई खबर गरेको जनाइएको छ ।