३८४ जनाका लागि कृषि विकास बैंकमा जागिर खुल्यो

Newslaya Home

३८४ जनाका लागि कृषि विकास बैंकमा जागिर खुल्यो

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि जागिर खुलाएको छ ।

बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्तिका लागि दरखास्त आव्हान गरिएको हो ।

बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो । माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना, वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर आइटी २० जना रहेका छन् । त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन् ।

विभिन्न केन्द्रका लागि लेखापाल पनि माग गरेको छ । जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ । साउन २० गतेसम्म अनलाइबाटै दरखास्त भर्न सकिने बैंकले जनाएको छ ।