धर्धर्ती रोइन् शिल्पा, ‘मलाई मान्छे लगाएर छविले मार्न खोजेर मात्र प्रहरीकोमा गएँ’ (भिडियो)

Newslaya Home

धर्धर्ती रोइन् शिल्पा, ‘मलाई मान्छे लगाएर छविले मार्न खोजेर मात्र प्रहरीकोमा गएँ’ (भिडियो)

मङ्गलबार ३१, असार २०७६

काठमाडौ । नायिका शिल्पा पोखरेल अहिले निकै तनाबमा छिन् । श्रीमान् तथा फिल्म निर्माता छवी ओझासँगको घरायसी विवादका कारण उनी तनावमा परेकी हुन् ।

ओझाको चौथो श्रीमतीको रुपमा भित्रिएकी शिल्पाले आफूलाई छवीले मार्न खोजेको आरोप लगाएकी छिन् । उनले आफू अब छवीसँग बस्न नसक्ने बताइन् । एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिने क्रममा उनी अन्तर्वार्ता अवधिभर रोएकी थिइन् ।

शिल्पाको उजुरीपछि छवीले प्रहरीमा गएर मिलापत्रसमेत गरीसकेका छन् । तर पनि उनीहरु अलग अलग बस्दै आएका छन् । आइतबार उनीहरुको वैवाहिक जीवनको तीन बर्षे बर्षगाँठ समेत थियो । तै पनि उनीहरुले सँगै वैवाहिक बर्षगाँठ मनाउन पाएनन् ।