चितवनबाट ४३ केजी चरेससहित ७० वर्षीया वृद्धा पक्राउ

Newslaya Home

चितवनबाट ४३ केजी चरेससहित ७० वर्षीया वृद्धा पक्राउ

मङ्गलबार ३१, असार २०७६

चितवन । चितवनको रत्ननगरबाट ४३ केजी लागुऔषध चरेससहित एक भारतीय वृद्धा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएकी ७० वर्षीया नुर्जाहा खातुन रहेकी जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

खातुन चितवन रत्ननगर नगरपालिका–२ मा छोरीको घरमा बस्दै आएकी थिइन् । उनलाई इलाका प्रहरी कार्यलय टाडीबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको टोलिले सोमबार राति पक्राउ गरेको हो ।

खतुनलाई चरेससहित इलाका प्रहरी कार्यालय टाडीमै राखि थप अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।