बाढी प्रभावित जिल्लामा सरुवा रोगको जोखिम

Newslaya Home

बाढी प्रभावित जिल्लामा सरुवा रोगको जोखिम

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । अविरल वर्षा र बाढीबाट प्रभावित २८ जिल्लामा सरुवा रोगको जोखिम देखिएको छ । त्यहाँका पिउने पानीको स्रोत दुषित भएकाले सरुवा रोगको जोखिम देखिएको हो ।

स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा.प्रकाश शाहले सरुवा र कीटजन्य रोगको जोखिम रहेको बताए । झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायतका सरुवा रोगको जोखिम रहेको उनले बताए ।

तराईका जिल्लामा लामखुट्टेका कारण औलो, डेंगी, कालाजार, चिकनगुनियालगायत कीटजन्य रोगको उच्च जोखिम छ ।