पत्रकार हुँ भन्दै प्रहरी ठग्ने एक व्यक्ति पक्राउ

Newslaya Home

पत्रकार हुँ भन्दै प्रहरी ठग्ने एक व्यक्ति पक्राउ

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । युगवोध पत्रिकाको पत्रकार हुँ भन्दै ट्राफिक प्रहरीलाई ठगी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङस्थित तुल्सीपुर उपमहानगरपालिका–१५ का सुनिल न्यौपाने रहेका छन् । ट्राफिक प्रहरीका हवल्दार पूर्ण अकाशदिप सिंहबाट १ लाख ५ हजार रुपैयाँ ठगी गर्न खोजेको आरोपमा प्रहरीले न्यौपानेले पक्राउ गरेको हो ।

तुल्सीपुर उपमहानगरपालिका–१७ मा सवारी चेकजाँचका क्रममा पत्रकार न्यौपानेसँग कागजपत्र नदेखिएपछि जरिवानास्वरुप हवल्दार सिंहले रसिद काट्न खोजेपछि न्यौपानेले आफु युगवोध पत्रिकाको पत्रकार भएको र भिडियो खिचेको भन्दै धम्क्याएर १ लाख ५ हजार असुलेका थिए ।

त्यसलगत्तै हवल्दार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाहेरी दिएका थिए । उक्त जाहेरी लगत्तै पत्रकार न्यौपाने पक्राउ परेका थिए । उनलाई आवश्यक कार्वाहीका लागि अख्तियारमा बुझाइएको थियो । तर उनी असार २२ गते नै काठमाडौं विशेष अदालतबाट भ्रष्टाचार मुद्धामा छुटिसकेका छन् ।