बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६९ पुग्यो

Newslaya Home

बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६९ पुग्यो

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । विगत केही दिन यता परेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण देशभरहालसम्म ६९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ ।

त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् ।

उद्धार कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको मन्त्रालयले जनाएको छ ।