मन्जिल र हस्परस बने इटहरी लिटल प्रिन्स र प्रिन्सेस

Newslaya Home

मन्जिल र हस्परस बने इटहरी लिटल प्रिन्स र प्रिन्सेस

सोमबार ३०, असार २०७६

इटहरी । मन्जिल खड्का र हस्परस आचार्य लिटल प्रिन्स र प्रिन्सेस घोषित भएका छन् ।

द बिहानी डान्स सेन्टरले आयोजना गरेको ब्लुमिङ इटहरी लिटल प्रिन्स र प्रिन्सेसको विजेता बन्दै उनीहरुले एक वर्षको छात्रवृत्ती तथा विभिन्न पुरस्कार जितेका छन् । मन्जिल ब्लुमिङ स्कुलका हुन् भने हस्परस कन्चनजंघा स्कुलमा अध्ययनरत् छिन् ।

५२ जना बालबालिकाले प्रतिष्पर्धा गरेको प्रतियोगितामा बालकतर्फ इशान कोइराला फस्र्ट रनरअप र इशान राजबंशी सेकेण्ड रनरअप भएका थिए । यस्तै उता बालिकाहरुमा नुसङ श्रेष्ठ फस्र्ट रनरअप र महिमा पौडेल सेकेण्ड रनरअप भएका थिए ।

प्रतियोगितामा यसबाहेक अन्य टाइटलहरुमा समेत विजेताको घोषणा गरिएको सेन्टरकी सञ्चालक प्रनिशा उदासले जानकारी दिइन् ।

७ देखि ११ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको कार्यक्रम यसअघिको समर क्याम्पको निरन्तरता रहेको कार्यक्रम संयोजक तुलसी घिमिरेले जानकारी दिए ।

‘कार्यक्रमअघि १० दिनको समरर क्याम्पबाट बालबालिकाहरुले आफ्नो प्रतिभाको विकाससँगै विभिन्न आवश्यक विषयमा ज्ञान तथा सीप हाँसिल गरेको उनले जानकारी दिए ।

लामो समयदेखि गीत, संगीत तथा कलाको क्षेत्रमा सक्रिय बिहानी डान्स सेन्टरले गरेको यो कार्यक्रमले सानै उमेरदेखि नै बालबालिकाको व्यक्तित्व र प्रतिभा विकासमा सहयोग पुगेको उनले बताए ।