वार्तामा आउन बाध्य भयो विप्लव माओवादी, मंगलबार वार्ता हुँदै

Newslaya Home

वार्तामा आउन बाध्य भयो विप्लव माओवादी, मंगलबार वार्ता हुँदै

सोमबार ३०, असार २०७६

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहको नेकपासँग वार्ताको लागि सरकारी टोली नेपालगंज पुगेको छ।

प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनौपचारिक वार्ताका लागि पूर्व मन्त्री तथा नेकपाका सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली सोमबार नेपालगंज गएको हो।

वार्ताका लागि विप्लव नै आउने वा नआउनेबारे प्रष्ट नपारिए पनि सरकारी टोलीले विप्लव नै वार्तामा सहभागी हुने अपेक्षा गरेको छ।

नेकपा महासचिव विष्णु पौडेल तथा हिरासतमा रहेका विप्लव समूहका नेता हेमन्त प्रकाश वलीबीच गत शनिबार नख्खु कारागारमा भेट भएको थियो।

विप्लव समूहले आफूमाथिको प्रतिवन्ध हटाउनु पर्ने, मुद्दा फिर्ता लिनुपर्ने र जेलमा रहेका आफ्ना कार्यकर्ताको रिहाइपछि मात्र बार्ता गर्ने माग राखेको थियो।

गत हप्ता हिरासतमा रहेका विप्लव समूहका नेता वलीसँग नेकपा महासचिव पौडेलले विप्लव समूहका उच्च नेताहरु तत्काल गिरफ्तार नगरिने प्रतिबद्धता व्यक्त गरेपछि वार्ताका लागि वातावरण बनेको हो।