राम्रो स्वास्थ्यका लागि मर्निङ वाक गर्न सुझाव

Newslaya Home

राम्रो स्वास्थ्यका लागि मर्निङ वाक गर्न सुझाव

सोमबार ३०, असार २०७६

इटहरी । इटहरीउपमहानगर स्वास्थ्य शाखाले इटहरीका पत्रकारका लागि आयोजना गरेको स्वास्थ्य सम्वन्धि अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा कुन बिरामिका लागि के गर्दा राम्रो हुन्छ भन्ने जानकारी गराइएको थियो । जसमा स्वास्थ्य रहनका लागि मर्निङ्गवाक अति अवश्यक रहेको बताइएको थियो । अझ सुगरका विरामीका लागि मर्निङ्गवाक औषधी रहेको बताइएको छ ।

इटहरीउपमहानगर स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख भोजकला दवाडीले बर्षमा ३५ सय तिरेर स्वास्थ्य विमा गर्दा परिवारका पाँचजना जो कोही विरामी परे एकलाख सम्मको उपचार र औषधी निशूल्क पाइने हुनाले स्वास्थ्यविमा गर्न आग्रह गरेका छन् ।