बास्केटवल खेलाडिलाई डिपोमा छात्रवृत्ती

Newslaya Home

बास्केटवल खेलाडिलाई डिपोमा छात्रवृत्ती

सोमबार ३०, असार २०७६

धरान । बास्केटबल खेलाडिहरुको शैक्षिक विकाशका लागि धरान स्थित डिपो उच्च माविले ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

धरान बास्केटबल संघले जेठमा आयोजना गरेको ट्यालेन्ट हन्टमा उत्कृष्ठ छानिएका ११ जनालाई संघको सिफारिसमा छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयले भर्खरै वंगलादेशमा सम्पन्न १६ वर्ष मुनिका साउथ एसियन बास्केटवल च्याम्पियनसिपमा नेपाल टिममा पर्न सफल धरानका वैभव योगि कुवरलाई शत प्रतिशत छात्रवृति सहित चार जनालाई ७५ प्रतिशत र ६ जनालाई ५० प्रतिशत छात्रवृती प्रदान गरेको छ । ७५ पतिशत छात्रवृत्ती प्राप्त गर्ने खेलाडिहरुमा रुपेश राई, लाक्पा तामाङ्ग, रोहन श्रेष्ठ, र लियालिसा श्रेष्ठ रहेका छन । ५० प्रतिशत छात्रवृत्ती प्राप्त गर्ने खेलाडिहरु युरेका राई, यन्जल खनाल, दिक्षा लिम्वु, मलिका राई, नुप राई र भावना लिम्वु रहेको छ ।

डिपो स्कुल कार्यलयमा सोमवार एक कार्यक्रमको आयोजना गरि डिपो स्कुल, सुनसरी जिल्ला बास्केटवल संघ र धरान बास्केटवल संघका पदाधिकारीहरुले सम्झौता पत्र एकआपसमा हस्तान्तरण गरेका छन् । नगर खेलकुद विकास समिति, धरान अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुवास राईको रोहवरमा सम्झौता भएको हो । सम्झौता पत्रमा डिपो स्कुलका तर्फ वाट विद्यालयका कार्यसमिति अध्यक्ष श्रवणकुमार लिम्वु, क्याम्पस प्रमुख राजकुमार राई, क्याम्पस वार्डन खड्कप्रसाद लिम्वु, बास्केटवल संघका तर्फ वाट नेपाल वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि र प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले हस्ताक्षर गरेका छन ।

सम्झौतामा छात्रवृत्ती प्राप्त खेलाडिहरुले मुख्य रुपमा अनुशासित हुन पर्ने, अनिवार्य रुपमा परिक्षामा पास हुन पर्ने र विद्यायल र बास्केटवल संघको निति नियम अनुसार बास्केटवल खेल्न पर्र्ने वा प्रतियोगितामा सहभागि हुनपर्ने उल्लेख गरिएको छ । बास्केटवल खेल विकास तथा खेलाडिलाई प्रोत्साहन गर्नको लागि छात्रवृत्ती कार्यक्रम अघि सारिएको संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले जनाए ।

बास्केटवल संघले विगत एक दशक अघि देखि उत्कृष्ट खेलाडि विद्यार्थीहरुलाई विभिन्न विद्यालय तथा कलेजहरुमा छात्रवृत्तिका लागि सिफासि गर्दै आइरहेको छ । हाल दुई दर्जन भन्दा वढि बास्केटवल खेलाडिहरु संघको सिफारिसमा धरानका विभिन्न कलेजमा अध्ययन गरिरहेको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । सुवेदिका अनुसार चौथो बास्केटवल ट्यालेन्ट हन्ट वाट छनौट भएका उत्कृष्ट करिव डेढ दर्जन खेलाडिहरुलाई डिपो स्कुल संगै एम्स र सगरमाथा एसडि कलेजमा सिफारिस गरिएको छ । एम्स र सगरमाथा संग सम्झौता हुन वाकि रहेको पनि बास्केटवल संघले जनाएको छ । सम्झौता कार्यक्रममा विद्यालय र बास्केटवल संघका पदाधिरकारी, प्रशिक्षक, खेलाडि र अविभावकको समेत उपस्थिति रहेको थियो ।