ह्यारी मग्वाइर बने विश्वकै महंगा डिफेन्डर

Newslaya Home

ह्यारी मग्वाइर बने विश्वकै महंगा डिफेन्डर

सोमबार ३०, असार २०७६

काठमाडौँ । इंग्ल्याण्डका फुटबल खेलाडी ह्यारी मग्वाइर विश्वकै महंगा डिफेन्डर बनेका छन् ।

लेस्टर सिटीका स्टार मग्वाइरलाई म्यानचेस्टर युनाइटेडले कीर्तिमानी कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको छ। युनाइटेडले मग्वाइरका लागि तिरेको मूल्य सर्वाधिक मूल्य हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन खर्च गरेको थियो ।

मग्वाइरको सोमबार युनाइटेड प्रवेशका लागि मेडिकल जाँच पूरा भएको छ ।

मग्वाइर सन् २०१७ मा हुल सिटीबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्धित भएका थिए ।उनले लेस्टर सिटीसँग रहेर किङ पावर स्टेडियममा ७६ खेलमा सहभागी भएका छन् ।