युवतीलाई पहिरनका कारण विमान चढ्न दिइएन

Newslaya Home

युवतीलाई पहिरनका कारण विमान चढ्न दिइएन

सोमबार ३०, असार २०७६

काठमाण्डौ । ब्रिटेनमा एउटा युवतीले आफ्नै पहिरनका कारण झण्डै विमानको यात्रा नै गुमाउनु परेको घटना सार्वजनीक भएको छ ।

बर्मिंघम एयरपोर्टमा एयरलाइन्सका कर्मचारीलेएक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिइएन । उनको पहिरनलाई ‘भड्किलो’ भन्दै विमानभित्र प्रवेशमा रोक लगाएका थिए ।

२१ बर्षीय युवती आफ्नो परिवारसंग स्पेनको कैनेरी आइलैंड जान लागेकी थिइन। तर थोमस कुक एयरलाइन्सका कर्मचारीले कपडा छोटो देखेर बिमानमा चढ्न नै दिएन।

मिरर यूकेको रिपोर्ट अनुसार युवतीलाई एयरपोर्टमा सुरक्षा जांचमा रोकेन तर बिमानमा चढ्न लागेको बेला थोमस कुक एयरलाइन्सका चार कर्मचारीले कपडा भएन भन्दै फिर्ता पठाएका थिए ।

युवतीले लैंगिक भेदभावको आरोप लगाएकी छिन् भने यो जीवनको सबै भन्दा खराब पल भएको बताएकी छन् ।

एमिलि ओकोनोर नामकी युवतीले कपडा फेर्न नमानेपछि एयरलाइन्सका एक कर्मचारीले उनको ब्यागसहित बाहिर निकाली दिएका थिए। त्यसपछि उनकै परिवारका एक सदस्यको ज्याकेट लगाएर उनले विमान चढेकी थिइन् ।

एमिलीको ट्वीटपछि सबैले एयरलाइन्सको आलोचना गरेपछि एयरलाइन्सको प्रवक्ताले युवतीसंग माफी मागेका छन्।