उदितनारायण झाको स्वरमा नेपाली गीत सार्वजनीक (भिडियोसहित)

Newslaya Home

उदितनारायण झाको स्वरमा नेपाली गीत सार्वजनीक (भिडियोसहित)

सोमबार ३०, असार २०७६

काठमाडौं । भारतीय गायक उदित नारायण झाको स्वर रहेको नेपाली गीत ‘होशमा बेहोशि’ सार्वजनीक भएको छ ।

गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ ,सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ ।

गीतको म्यूजिक भिडियो निर्देशन र सम्पादन पनि स्वयम् विजय गौतमले नै गरेका हुन् । सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो युटुब च्यानलमा सार्वजनीक गरिएको हो ।