दुई बर्ष अघि समुन्द्रमा हराएको क्यामेरा भेटिएपछि......

Newslaya Home

दुई बर्ष अघि समुन्द्रमा हराएको क्यामेरा भेटिएपछि......

सोमबार ३०, असार २०७६

काठमाडौं । दुई वर्ष अघि समुन्द्रमा हराएको क्यामेरा ताइवानको समुन्द्री किनारमा पाखा लागेको अवस्थामा फेला परेको छ । अझ अचम्मको कुरा यो छ कि वाटरप्रुफ खोल लगाएको उक्त क्यामेरा अझै प्रयोग गर्ने अवस्थामा नै छ ।

यसलाई स्कुले बालबालिकाहरु र शिक्षकको समूहले भेटेका थिए । त्यसपछि, तिनले आफूले भेट्टाएको क्यामरा यसको मालिक कहाँ पुर्याउने सोचेर यसलाई समाजिक सञ्जालमा ‘शेयर’ गरे ।

जापानी विश्वविद्यालयमा विद्यार्थी रहेकी क्यामेराकी मालिक सुवाकिहारा यो क्यामेरा खसाउँदा बिदामा इशिगाकी टापूमा थिइन् । यो टापू ताइवानबाट २५० किलोमिटर टाढा छ ।

‘म स्कुवा डाइभिङ्ग’ गर्दै थिएँ । त्यसक्रममा मेरो एक साथीलाई हावाको कमी भएपछि मेरो सहयोग मागे । बचाउनको हतार गर्दा मैले क्यामेरा हराएँ ।’ उनले क्यामेरा पाएपछि आफ्नो खुसि साट्दै बताइन् ।

क्यामेराले सयौँ किलोमिटरको यात्रा गर्यो र अन्ततः ताइवानको समुन्द्री किनारमा पाखा लाग्यो ।त्यही ठाँउमा विद्यार्थीहरुले क्यामरा भेटेका थिए । त्यो दिन विद्यार्थीहरु समूद्री किनार सफा गर्दै थिए ।

‘एक ११ वर्षे बालकले क्यामरा भेटेका हुन्,’ शिक्षक पार्क लिले भने, ‘समुन्द्री झार र खपटाले छोपिएको खोल पत्थरजस्तै देखिन्थ्यो । खोल खोल्न मिल्ने एक बटन पनि थियो ।’

भित्र एक थोपा पानी पनि पसेको थिएन र भित्र क्यामेरा राम्रो अवस्थामा थियो । ‘झन आश्चर्यजनक कुरा क्यामेराको पावर अन गर्दा क्यामेरामा अझै चार्ज बाँकी थियो ।’