प्रदेश प्रहरीको पोशाक छुट्टै बनाउन समाजवादी दलको प्रस्ताव

Newslaya Home

प्रदेश प्रहरीको पोशाक छुट्टै बनाउन समाजवादी दलको प्रस्ताव

सोमबार ३०, असार २०७६

काठमाडौं । सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव गरेको छ ।

समाजवादी पार्टी, नेपालका नेता रामसहाय यादवले नेपाल प्रहरीको भन्दा प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव गरेका हुन् । आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै यादवले यस्तो प्रस्ताव गरेका हुन् ।

यादवले प्रदेशको कानुन अनुसार नचल्ने प्रदेश प्रहरीलाई कार्वाही गर्ने व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् । सबै प्रदेशका प्रहरीहरुको भने एउटै पोशाकको व्यवस्था गर्न उपयुक्त हुने यादवले बताएका छन् ।